मधेसका निलम्बित सांसद शर्माको पेशी पटक–पटक स्थगित र हेर्न नभ्याइनेमा

मधेसका निलम्बित सांसद शर्माको पेशी पटक–पटक स्थगित र हेर्न नभ्याइनेमा
+
-

जनकपुरधाम – मधेस प्रदेशका निलम्बित सांसद अभिराम शर्माको पेशी पटक पटक स्थगित हुँदै आएको छ। बुधबार न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र खेम राज भट्टको संयुक्त इजलाशमा चढेको उक्त मुद्दाको २४ औं पेशी समेत हेर्न नभ्याइनेमा परेको हो।

लोकतान्त्रिक समाजवादी पार्टीका निलम्बित सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाकाका पूर्व मेयर रामशंकर मिश्र, सुरेश पाण्डे र धमेन्द्र रायको मुद्दामा पटक पटक गरी हालसम्म २४ वटा पेशी चढेकोमा अधिकांश पेशी स्थगित र हेर्न नभ्याइनेमा परेको हो।

२०८१ वैशाख ९ गते शर्माको हकमा उनका बुवा महेन्द्र शर्मा, मिश्रको हकमा उनका श्रीमती संगीता कुमारी शर्माले पुनरावेदनमा मुद्दा दर्ता गराएका थिए।
यस्तै, बैशाख १० गते पाण्डेको हकमा उनका छोरी प्रियंका पाण्डे र रायको हकमा उनका दाइ अरविन्द कुमार रायले पुनरावेदनमा मुद्दा दर्ता गराएका थिए।
मुद्दा दायर भएपछि जेठ ९ गतेको पेशीमा न्याययाधीश बलभद्र बास्तोला र नरबहादुर खड्काको संयुक्त इजलासले सबै मुद्दालाई साथै बढाउने आदेश गरेको थियो। त्यसयता तोकिएको पेशी पटक पटक स्थगित र हेर्न नभ्याइनेमा पर्दै आएको छ।

उक्त मुद्दामा २४ वटा पेशी चढेकोमा स्थगित १२ पटक, हेर्न नभ्याइने ५ पटक, आदेश ६ पटक र एउटा पेशीमा बकपत्र भएको छ। दोस्रो मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते महोत्तरीमा सशस्त्र प्रहरीका असई थमन विकको एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो। सो प्रकरणमा २०७२ फागुन २७ गते महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगजनीको मुद्दा दर्ता भएको थियो।

महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिए पनि अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको थियो।

न्यायाधीश भट्टराईको इजलासले प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायसहित सात जनालाई पनि जन्मकैदको फैसला सुनाएको थियो। शर्मालाई अदालतले दोषी ठहर गर्दै सजाय सुनाएपछि मधेस प्रदेश सभाले उनलाई अहिले निलम्बन गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?