
दाङ- प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीविरुद्ध साढे पाँच करोड रुपैयाँको चेक अनादरसम्बन्धी मुद्दामा जाहेरी परेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुन तिमिल्सिनाका अनुसार चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी प्राप्त भएको हो।
स्रोतका अनुसार पाँच करोड ४० लाख रुपैयाँ बराबरको चेक बाउन्स भएको आरोपमा चौधरीविरुद्ध हुलाकमार्फत जाहेरी परेकाे हाे।
प्रहरीले उजुरी कसले दर्ता गराएको हो भन्नेबारे खुलाएको छैन।
चौधरी दाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी एकीकृत समाजवादी पार्टीका उपमहासचिवसमेत हुन्।