धनगढी उपमहानगरकाे बजेट २ अर्ब ५६ कराेड

धनगढी उपमहानगरकाे बजेट २ अर्ब ५६ कराेड
+
-

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि २ अर्ब ५६ कराेडभन्दा बढीकाे बजेट ल्याएकाे छ।

सुदूरपश्चिम प्रदेशकाे एउटा मात्र उपमहानगरपालिका रहेकाे धनगढी उपमहानगरपालिकाको शनिवार सम्पन्न नगर सभाबाट २ अर्ब ५६ करोड चार लाख ६६ हजारको बजेट पारित भएको हो। नगरसभामा उपप्रमुख कन्दकला रानाले बजेट प्रस्तुत गरेकी थिइन्।

उपमहानगरले चालु आर्थिक वर्षको बजेटभन्दा ३७ करोड ६२ लाख ३३ हजार सात सय ८० रुपैयाँ अर्थात् १७ दशमलव २२ प्रतिशतले बजेट वृद्धि गरेको छ।

धनगढी उपमहानगरपालिकाले एक अर्ब ३८ करोड २६ लाख ५१ हजार ६ सय ४० रुपैयाँ चालुतर्फ र एक अर्ब १८ करोड २९ लाख ३५ हजार २ सय ९२ रुपैयाँ पुँजीगत तर्फको बजेट पारित गरेको छ। उपमहानगरपालिकाको कुल बजेटको ५३ दशमलव ८ प्रतिशत चालु तर्फ र ४६ दशमलव २ प्रतिशत पुँजीगत बजेट रहेको छ।

उपमहानगरपालिकाको आन्तरिक आय ५४ करोड ७९ लाख ६७ हजार एक सय ११ रुपैयाँ रहेको छ। राज्यश्व बाँडफाँडबाट ५७ करोड ६० लाख ६२ हजार एक सय ४३, नेपाल सरकारबाट वित्तीय हस्तान्तरण ९९ करोड नौ लाख, प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण ११ करोड २२लाख ४१ हजार र मौज्दात ३३ करोड ३२ लाख ९५ हजार सात सय ४६ रुपैयाँ रहेको छ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २ सय २० रुपैयाँ बजेट कार्यान्वयन गर्दै छ। उपमहानगरको चालु आर्थिक वर्षमा जेठ मसान्तसम्म एक अर्ब ८१ करोड पाँच लाख ८४ हजार सात सय २२ रुपैयाँ खर्च गरेको छ।

शनिबार नै बजेटअघि धनगढी उपमहानगरका नगर प्रमुख गाेपाल हमालले उपमहानगरकाे नीति तथा कार्यक्रम नगरसभाकाे १३ औँ अधिवेशनमा प्रस्तुत गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?