बिग्रिएको सडक नबनाएको भन्दै धनगढीका स्थानीय आन्दोलित

बिग्रिएको सडक नबनाएको भन्दै धनगढीका स्थानीय आन्दोलित
+
-

धनगढी – धेरै पहिले बनेकाे सडक भत्केर खाल्डाखुल्डी भई हिलाम्य भए पनि बनाउनमा कसैले चासाे नदिएकाे भन्दै धनगढी– २ का स्थानीय आन्दाेलित भएका छन्।

सुदूरपश्चिम प्रदेशकाे हाल राजधानीसमेत रहेकाे धनगढी उपमहानगरपालिका वडा नम्बर २ सरस्वती टाेलस्थित गणेशमार्ग आसपासका स्थानीय बिग्रिएकाे सडक बनाउन कसैले वास्ता नगरेकाे भन्दै आन्दाेलित भएका हुन्।

शनिबार स्थानीयहरुले सडकमा ढुङ्गा काठ राखेर आवतजावतसमेत बन्द गरेका छन्। धनगढीकाे मुख्य सडकबाट नजिकै रहेकाे बस्ती जाने बाटाे मर्मतका लागि स्थानीय, प्रदेश र संघ सरकार कसैले पनि वास्ता नगरेकाे स्थानीयकाे गुनासो छ।

स्थानीय भुपिन्द्र जाेशीले भने, ‘वडा कार्यालय हुँदै नगरपालिका, प्रदेश सरकारसँग हरेक वर्ष बाटाे मर्मतका लागि माग राख्याैँ तर कसैले सम्बाेधन गरेनन्।’

उनले वर्षाैँदेखि सडकमा खाल्डाखुल्डी बनेर आवातजावतमा समस्याका साथै दुर्घटनासमेत भइरहेका बताए। जाेशीले भने, ‘कसैले माग सुनुवाइ नगरेपछि बाध्य भएर सबै स्थानीय जम्मा भएर आजदेखि सडक नै बन्द गरेका छाैँ।’

स्थानीयले मुख्य बजारबाट सबैभन्दा नजिककाे बस्ती भए पनि यहाँकाे विकासमा कसैले ध्यान नदिने गरेकाे गुनासाे गरेका छन्। त्यसक्षेत्रकाे ५ सय मिटरभन्दा बढी सडक क्षेत्रमा खाल्डाखुल्डी बनेर हिँड्न समस्या भएकाे छ। याे सडक क्षेत्रमा एकदमै घना बस्ती रहेकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?