
दाङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थापना दिवसको अवसरमा दाङको लमहीमा दीप प्रज्वलन गरेर उत्सव मनाएको छ।
पार्टीका जिल्ला सभापति विनय घिमिरेको नेतृत्वमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले लमही बजारको मुख्य चोकमा घण्टीको प्रतिमा निर्माण गरी त्यसमा दीप प्रज्वलन गरेका हुन्।
स्थानीय स्तरमा पार्टीको संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र नागरिकसँगको आत्मीयता बढाउने उद्देश्यले स्थापना दिवसलाई जनतामाझ मनाइएको जिल्ला सभापति घिमिरेले बताए।
‘रास्वपा जनताको भावना र भरोसाबाट जन्मिएको पार्टी हो। हामी राजनीतिक संस्कार, शुद्धता र जिम्मेवारीमा विश्वास गर्छौं। त्यसैले स्थापना दिवस पनि जनसरोकारमा समर्पित ढंगले मनाएका छौँ,´ घिमिरेले भने।