
काठमाडौँ– आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा आइतबार प्रतिनिधिसभा बैठकमा हंगामा भएको छ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपालका ५/७ वटा बाहेक अरु जिल्लालाई अन्य देशलाई लिजमा दिनुपर्ने धारणा राखेपछि संसद्मा हंगामा भएको हो।
सत्तारुढ दलका सांसदले सिंहको उक्त भनाइप्रति आपत्ति जनाए। त्यसपछि सभामुख देवराज घिमिरेले उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशनका थिए। सांसद सिंह र सभामुख घिमिरेबीच भनाभनसमेत भएको थियो।
बजेटमाथि छलफल चलिरहेको भए पनि संसद्का अधिकांश कुर्सी खाली छन्। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संसद् बहिष्कार गर्दै निस्किएका छन्। त्यस्तै अन्य सांसद्हरू पनि संसद् बैठकबाट बाहिरिएका छन्।