
काठमाडौँ- जारी प्रतिनिधिसभाको बैठक बहिष्कार गरी राप्रपा र रास्वपा बाहिरिएका छन्।
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा छानबिनका लागि बनाइएको समितिको घोषणा गरेसँग बोलेर असहमति जनाउँदै उनीहरू संसदबाट बाहिरिएका हुन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखककै नाम मुछिएकाले ‘दुधको साक्षी बिचालो’ भएको भन्दै उनीहरू संसदबाट बाहिरिएका हुन्।
रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा तथा संसदीय छानबिन समितिको माग गर्दै निरन्तर रुपमा संसद् अवरोध गरेका छन्।
थप तस्बिरहरू: