बाजुराको बुढीगंगामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिद्वारा नगरसभा बहिष्कार

बाजुराको बुढीगंगामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिद्वारा नगरसभा बहिष्कार
+
-

धनगढी- मंगलबबार सम्पन्न बाजुराको बुढीगंगा नगरपालिकाको नगरसभा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।

कांग्रेसबाट निर्वाचित ३ जना वडा अध्यक्षसहित १५ जना जनप्रतिनिधिले नगरको हित र नीति विपरित मनोमानी तरिकाले बजेट बिनियोजन गरेको भन्दै नगरसभा बहिष्कार गरेको बुढीगंगा नगरपालिका ४ का अध्यक्ष मिनबहादुर शाहले बताए ।

उनका अनुसार संघीय सरकारले छुट्याएका याेजनामा नगरपालिकाबाट पनि ठूलाे बजेट छुट्याएकाे, कार्यकर्ता भर्तिकेन्द्रका रुपमा करार कर्मचारीका लागि ठूलाे रकम बिनियाेजन गरेकाे, दुई बर्षदेखि लगातार खेल मैदान निर्माणमा बजेट छुट्याई खेल मैदान निर्माण भैसकेकाे ठाउँमा हाल आएर जग्गा खरिदका लागि बजेट बिनियाेजन गरेकाे लगायतका विषयमा असहमति जनाउँदा पनि सुनुवाई नभएपछि नगरसभा बहिष्कार गर्नु परेकाे हाे ।

अध्यक्ष शाहले भने,’जनताकाे रकम दुरुपयाेग हुने गरि छुट्याईएका याेजनामा सहमति गर्न सकिँदैन, यस्ताे खालका याेजना र बजेटले बुढीगंगाकाे विकास बर्षाे पछि धकेलिने देखिएकाे छ, त्यसैले हामी १५ जनाले बहिस्कार गर्यौँ ।’

बुढीगंगा नगरपालिकामा नगरप्रमुख एमालेबाट निर्वाचित रामबहादुर बानियाँ र उपप्रमुख एमालेबाटै निर्वाचित रहेकी छन् ।

नगरसभाबाट ५३ करोड ९० लाख ८३ हजार ५ सय ९२ रुपियाको बजेट आएको छ । जसमा चालु तर्फको बजेटमा १३ करोड ६७ लाख ८३ हजार ५ सय ९२ र पुजीगत ४० करोड २३ लाखको बजेट प्रस्तुत गरिएको हो ।

सभाको १२ औं अधिवेशनले नीति तथा कार्यक्रमसँगै बजेटसमेत ल्याएको नगरका प्रबक्त हेमराज जोशीले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?