
काठमाडौँ– पतञ्जली जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएपछि विशेष अदालतमा बहसको तयारी भएको छ। बुधबार दिनको करिब २ बजेतिर बयान सकिएपछि नेता नेपाल छलफलमा देखिएका छन्।
विशेष अदालतमा भएको बयान सकिएसँगै केहीबेरमा थुनछेक बहस सुरु हुँदैछ। नेपालको पक्षमा बहस गर्न ११७ जना वकिलले वकालतनामा टिपाएका छन्। सरकारको पक्षबाट भने सुशील पन्तले बहस गर्ने भएका छन्। नेपालको मुद्दा विशेष अदालतको इजलास नं. २ मा परेको छ।
नेपालले यसअघि ‘अदालतमा उपस्थित हुन पाऊँ’ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए। सोहीअनुसार उनी अदालतमा उपस्थित भएका हुन्।
पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी भएको छ।
तस्बिरहरू: