मधेस सरकार ५० लाख खर्च गरेर मुख्यमन्त्री अन्तर–प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता गराउँदै

मधेस सरकार ५० लाख खर्च गरेर मुख्यमन्त्री अन्तर–प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिता गराउँदै
+
-

जनकपुरधाम – मधेस प्रदेश सरकारले ५० लाख खर्च गर्नेगरी बिहीबारदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिताको आयोजना गर्न लागेको छ। शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा सातवटै प्रदेशको कबड्डी टिम सहभागी हुने आयोजकले जनाएको हो।

मधेस खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले हरेक प्रदेशबाट १२ जनाको दरले ८४ जना खेलाडी सहभागी हुने बताए। मधेसको मौलिकतालाई चिनाउने खेल भएकाले यो प्रतियोगिता महत्वपूर्ण रहेको बताए। मधेस सुगम ठाउँ रहेकाले खेलकुदलाई जोड्यो भने खेलकुदको मार्फतले राष्ट्रको सम्पतिको रुपमा धेरै खेलाडी उत्पादन गर्न सकिने बताए।

प्रतियोगिताका लागि मधेस सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले ५० लाख बजेट राखेपनि पुरस्कार राशी न्यून रहेको छ। यस प्रतियोगितामा प्रथम हुने टोलीलाई २५ हजार, दोस्रो हुने टोलीलाई २० हजार र तेस्रो हुने टोलीलाई १५ हजार पुरस्कार दिइने सदस्य सचिव कानुले बताए। उनले कार्यविधिले धेरै कुरा छेक्ने गरेको बताए। यो स्तरको प्रतियोगिता गर्दा प्रथम, दोस्रो र तेस्रोलाई क्रमश २५,२० र १५ हजार पुरस्कारको व्यवस्था कार्यविधिमा रहेको बताए। यसका अतिरिक्त खेलाडीले कार्यविधि अनुसार ५ दिनको १२ सय देखि १६ सयसम्म भत्ता पाउने बताए।

कानुनले खेलाडीको दुबै तर्फको भाडा, आउने–जाने दुई दिन र तीन दिन प्रतियोगिता खेल्ने गरी ५ दिनको भत्ता पाउने बताए। सदस्य सचिव कानुले भने अनुसार प्रत्येक खेलाडीले १६ सयको दरले भत्ता पाएपनि ८४ जना खेलाडीमा ६ लाख ७२ हजार मात्र खर्च हुन्छ।

बिहीबारदेखि हुने प्रतियोगितामा ८४ जना खेलाडीबाहेक सहभागी सातवटै प्रदेश टिमका प्रशिक्षक तथा व्यवस्थापक गरी १४ जना, सहभागि निर्णायक, अफिसियल, संघ प्रतिनिधि स्वयंसेवक ५२ जना सहभागी रहनेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?