
जनकपुरधाम- सर्लाहीमा टिपरले साइकल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइतेभएपछि स्थानीयले टिपरमा आगजनी गरेका छन् ।
बुधबार राति अन्दाजी ८ बजेको समयमा लालबन्दी नगरपालिका ५ मेजरगंज स्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको ना २ ख ५०१ नम्बरको टिपरको ठक्करबाट कबिलासी नगरपालिका ८ अगर्वा बस्ने २० वर्षीय सचिन साह गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घाइते साहको प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा उपचार भइरहेको प्रहरीले जनाएका छन् ।
दुर्घटना पश्चात टिपर चालक फरार भएको प्रहरीले जनाएका छन् ।
प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार प्रहरीले टिपर ल्याउन खोज्दा अन्दाजी ४ सय स्थानियहरु जम्मा भई आक्रोशित भिडले करिब ९ बजेको समयमा टिपरमा आगजनी गरेका छन् ।
प्रहरी उक्त टिपरलाई निभाउने कार्यमा लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।