
काठमाडौँ– आजको संसद् बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध गर्यो।
संसद् सुरु भए लगत्तै आफ्नो भनाइ राखेर राप्रपा संसद् बहिष्कार गर्यो भने रास्वपाले केही समय संसद्को वेल अगाडि उभिएर अवरोध गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सम्बोधन गर्दा उसले पनि संसद् बहिष्कार गर्यो।
ओली आज स्पेन भ्रमणमा जाँदैछन्। त्यसबारेमा संसद्लाई जानकारी गराउँदा ओलीको मुस्कानले सबैको ध्यान तान्यो।