लुम्बिनीमा पनि मनाइयो धान दिवस, ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा रोपाइँ (तस्बिरसहित)

लुम्बिनीमा पनि मनाइयो धान दिवस, ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा रोपाइँ (तस्बिरसहित)
+
-

दाङ- लुम्बिनी प्रदेश सरकारले २२ औं राष्ट्रिय धान दिवस मनाएको छ । लमही नगरपालिका- २ स्थित केरुनियामा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले हरित क्रान्ति कृषि सहकारी संस्थाको सहकार्यमा धान दिवसको आयोजना गरेको हो । धान बालीमा सघनता: खाद्यसुरक्षा र आत्मनिर्भरता मुख्य नारा सहित धान दिवस मनाइएकाे छ ।

उक्त अवसरमा प्रदेशका कृषि मन्त्री दिनेश पन्थिले लुम्बिनी प्रदेशलाई अर्गानिक प्रदेश बनाउने गरी सरकारले विशेष अभियान थालेको जानकारी दिए । सो अभियानको सुरुवात प्रदेशको रुकुम पूर्वबाट गरिएको उनले बताए । प्रमुख सचिव बावुराम अधिकारीले बीउ र रासायनिक मलमा निर्भरता घटाई रैथाने बालीको संरक्षण र प्राङ्गारिक मल उत्पादनलाई सरकारको प्राथमिकतामा राखिएको स्पष्ट पारे ।

कृषि सचिव यामनारायण देवकोटाले धान प्रमुख खाद्यान्न बाली मात्र नभई संस्कार र परम्परासँग गहिरो रूपमा जोडिएकाले यसको प्रवर्द्धनमा सरकार प्रतिवद्ध रहेको बताए । कृषि विकास निर्देशनालयका महानिर्देशक रामप्रसाद पाण्डेले प्रदेशमा पछिल्ला वर्षहरूमा धान उत्पादनमा बृद्धि हुँदै गएको बताए ।

लुम्बिनी प्रदेशमा कुल ३ लाख २ हजार ९ सय ३९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन सक्ने भए पनि हालसम्म ७२ हजार ५ सय २० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । यो जम्मा सम्भावित क्षेत्रफलको २३.९४ प्रतिशत हो । प्रदेशमा कुल खेतीयोग्य जमिन ६ लाख ८० हजार १५ हेक्टर जमिन रहेकाे छ ।

प्रदेशका जिल्लाहरूमा रोपाइँको स्थिति फरक-फरक देखिएको छ । सबैभन्दा बढी प्युठानमा ८२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम गुल्मीमा ५ प्रतिशत मात्र रोपाइँ भएको छ । प्रमुख धान उत्पादक जिल्लाका रूपमा कपिलवस्तु र रुपन्देही रहेका छन् जसले क्रमशः २१.८२ प्रतिशत र २१.०६ प्रतिशत धान क्षेत्रफल ओगटेका छन् । सबैभन्दा कम धान रोपाइँ क्षेत्रफल ओगट्ने जिल्ला भने रुकुम पूर्व रहेको छ जसले १.४६ प्रतिशत हिस्सा ओगटेको छ ।

कपिलवस्तुमा कुल ६५ हजार ८ सय ७१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने भए पनि हालसम्म ४ हजार ६ सय ११ हेक्टरमा राेपाइ भएको छ । दाङमा ३७ हजार २ सय २५ हेक्टरमध्ये ६ हजार ३ सय २८ हेक्टरमा धान राेपाइ भएको छ । बर्दियामा ५० हजार १ सय ५० हेक्टर मध्ये १३ हजार ७ सय १४ हेक्टरमा धान राेपाइ भएको छ ।

बाँकेमा ३४ हजार ७ सय ११ हेक्टरमध्ये ३ हजार ८ सय १८ हेक्टरमा मात्रै धान राेपाइ भएको छ । पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा जस्ता पहाडी जिल्लाहरूमा पनि न्यून रोपाइँ भएको छ । गत बर्ष लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ८ सय ९ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियाे ।

धान उत्पादन वृद्धिको लागि प्रदेश सरकारले बीउ उत्पादन, प्रविधि प्रदर्शन, सिँचाइ, सघनता वृद्धि, चैते धान प्रवर्द्धन, रैथाने जात संरक्षण लगायतका विविध कार्यक्रम सञ्चालन गरिरहेको बताइएको छ ।

प्रदेशमा हाल शावित्री, सामा मसुली, हर्दिनाथ ६, राधा ४, सुख्खा धान १ र २, गंगासागर १ र २, खुमल बास्मती लगायतका जातहरूको रोपाइँ भइरहे पनि तिल्की, सिम्थारो, कालानमक, हंशराज, झिनुवा, मनसरा जस्ता स्थानीय जातहरूको प्रयोग पनि बढ्दो छ ।

यसैगरी, प्रदेशमा धान खेतीले कुल खाद्यान्न उत्पादनमा ५६.१५ प्रतिशत र कुल उपभोग्य खाद्यान्नमा ४३.८७ प्रतिशत योगदान पुर्‍याइरहेको तथ्यांकले देखाएकाे छ ।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?