२० ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

२० ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
+
-

नेपालगन्ज – बाँके प्रहरीले ठूलो मात्रामा ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ बागेश्वरी मन्दिर नजिकबाट प्रहरीले भारत बहराइच जिल्ला केवलपुरका २४ वर्षीय मोहम्मद आरिफलाई २० ग्राम ९२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।
बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातलीले शंका लागेर जाँच गर्दा आरिफको साथमा ब्राउनसुगर फेला परेको बताए।

भारतीय नागरिक आरिफ ब्राउन बिक्री गर्न नेपालगन्ज आएको बुझिएको छ। प्रहरीले आरिफले कसलाई दिन आएको वा बिक्री गर्न आएकोबारेमा अनुसन्धान गरिरहेको जनाएको छ।

सीमावर्ती शहर भएकाले नेपालगन्जमा भारतीयले नै ब्राउनसुगर ल्याइदिने गरेको पाइन्छ। कतिपय आफै भारतीय बजारमा गएर किन्ने गर्दछन्। यसरी किनेर आउँदै गर्दा नाकामा पक्राउ परेका धेरै घटना छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?