लुम्बिनीको एसईई नतिजामा सुधार

लुम्बिनीको एसईई नतिजामा सुधार
+
-

दाङ- लुम्बिनी प्रदेशको माध्यमिक शिक्षा परिक्षा(एसईई)को बार्षिक नतिजा सुधार भएको छ । परीक्षामा सामेल भएका विद्यार्थीमध्ये ६२.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रदेशबाट नियमित परीक्षामा सहभागी भएका ७३ हजार ९ सय ३ परीक्षार्थीमध्ये ४६ हजार ५४ विद्यार्थी उत्तिर्ण भएका छन् । जसमध्ये ६ हजार ५ सय ६१ जनाले ३.६ देखि ४ जिपिए, १२ हजार ८ सय ९५ जनाले ३.२ देखि ३.६ जिपिए, १५ हजार २ सय ७० जनाले २.८ देखि ३.२ जिपिए, १० हजार ४२ जनाले २.४ देखि २.८ जिपिए, १ हजार १ सय ३८ जनाले २ देखि २.४ जिपिए र २ जनाले १.६ देखि २ जिपिएसम्म ग्रेड ल्याएका छन् ।

२०८० को एसईई परिक्षामा लुम्बिनी प्रदेशबाट ८० हजार ३ सय २७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये ४९ हजार २२४ विद्यार्थी अनुत्तिर्ण भएका थिए ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई तथा अवर्गीकृत भएका विद्यार्थीलाई आगामी प्रयासमा सफलताको शुभकामना व्यक्त गरेका छन ।

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सामाजिक विकास मन्त्री तिमिल्सिनाले बधाई दिँदै शिक्षालाई प्रदेश सरकारको प्राथमिक एजेन्डामा राखिएको जानकारी दिएका छन् । साथै, परीक्षा व्यवस्थापनमा सक्रिय भूमिका निभाउने शिक्षक, अभिभावक, राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश तथा जिल्ला परीक्षा समिति, सुरक्षा निकाय, सञ्चारमाध्यम लगायत सबैलाई उनले आभार व्यक्त गरेका छन् ।

शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सरकार नीतिगत सुधार र आवश्यक संरचनागत व्यवस्थापनमा प्रतिबद्ध रहेको भनाई उनकाे छ ।’विद्यार्थीको सफलताले प्रदेशको भविष्य उज्ज्वल बनाउने छ’ मन्त्री तिमिल्सिनाले भने,’हामी अझ प्रभावकारी ढंगले शिक्षाको गुणस्तर सुधारमा लाग्नेछौं ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?