
काठमाडौँ- पूर्वसांसद मञ्च नेपाल र संघीय संसद सचिवालयको संयुक्त आयोजनामा आज संसद दिवस मनाइएको छ।
सभामुख देवराज धिमिरेको प्रमुख आतिथ्यतामा संसद भवनको लोत्से हल, नयाँ बानेश्वरमा ६७औँ संसद दिवस मनाइएको हो।
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका हुन्।
सो कार्यक्रमका अवसरमा संसदको बुलेटिन र जोर्नल पनि विमोचन गरिएको छ।
थप तस्बिरहरू: