कञ्चनपुरमा बाढीबाट १० परिवार विस्थापित

कञ्चनपुरमा बाढीबाट १० परिवार विस्थापित
+
-

दोधारा चाँदनी – आइतबारदेखिको लगातार वर्षापछि कञ्चनपुरमा डुबानमा परेर १० परिवार विस्थापित भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार पुनर्वास नगरपालिकामा सात, कृष्णपुर नगरपालिकामा एक र भीमदत्त नगरपालिकामा दुई परिवार गरी १० परिवार बाढीबाट विस्थापित भएका छन्।

विस्थापित सबैलाई नजिकैको विद्यालय र आफन्तका घरमा सारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।

‘घर डुबानमा परेपछि मानिससहित गाईभैँसी र बाख्रालाई सुरक्षित स्थानमा सारेका छौँ,’ उनले भने, ‘विस्थापितहरू केही आफन्तकामा र केही नजिकैको विद्यालयमा छन्।’

उनका अनुसार पनुर्वास नगरपालिका–५ पशुपतिचोक नजिकै डुबानका कारण विस्थापित भएका सात परिवारलाई उद्धार गरेर नजिकैको छिमेकीका घरमा सारिएको छ। त्यसैगरी कृष्णपुर नगरपालिका–७ स्थित कार्कीकटानमा विस्थापित दुई परिवारलाई अर्को घरमा सारिएको छ।

प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१९ त्रिवेणी टोलमा डुबानका परेको कलावती जोशीको पाँच जनाको परिवार, दुईवटा गाई, एक भैँसी र पाँचवटा बाख्रालाई नजिकैको सिद्धनाथ आधारभूत विद्यालयमा सारिएको छ।

‘बाढीबाट अहिलेसम्म कुनै क्षति भएको छैन,’ सूचना अधिकारी बोहराले भने, ‘विस्थापितहरूको व्यवस्थापन र राहतका लागि स्थानीय सरकारलाई जानकारी गराएका छौँ।’

त्यसैगरी, उनले भीमदत्त नगरपालिका–१५ स्थित डम्बर राना क्षेत्रीको ज्योति कृषि तथा पशुपन्छी फार्म डुबानमा परेर करिब ७२ हजार ७०० बराबरको क्षति भएको बताए।

आज जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै असार १७ गतेसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएकाले जिल्लाका नदीतटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?