लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
+
-

दाङ- लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन अन्तर्गत चौधौं बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।

बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकमा दुईवटा मुख्य कार्यसूची रहेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वक्तव्यसहित‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् । सो प्रस्तावमाथि सभामा छलफल हुनेछ भने छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ मन्त्री कार्की स्वयंले दिने कार्यसूचीमा समावेश गरिएको छ ।

कार्यसूचीअनुसार मन्त्री कार्कीबाट‘आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक’ पनि प्रदेश सभामा पेश गरिनेछ । यसअघि प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरेको थियो । त्यसयता बजेट प्रस्तुत भएको १७ औं दिनमा बैठक बस्न लागेको हो ।

यसअघिको बैठक असार ७ गतेका लागि निर्धारण गरिएको भए पनि विविध कारणले स्थगित गरिएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?