लुम्बिनी प्रदेश सभा बैठक आज पनि, के छ संभावित कार्यसूची?

लुम्बिनी प्रदेश सभा बैठक आज पनि, के छ संभावित कार्यसूची?
+
-

दाङ- लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेसनको १६ औं बैठक आज बस्दै छ। बैठकमा बजेटको विभिन्न शीर्षकहरूमाथि समूहकृत छलफल र जवाफ दिने समय निर्धारण गरिएको छ ।

बुधबार दिउँसो १२ बजे बस्ने बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को विभिन्न मन्त्रालय एवम् सोसँग सम्बन्धित निकायका शीर्षकहरूमाथि समूहिकृत छलफल हुने र छलफलका क्रममा उठेका प्रश्नाहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूचीमा समावेश गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

मंगलबार राति साढे ८ बजे बसेको प्रदेश सभाको १५ औं बैठकले ‘आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथीको सैद्धान्तिक छलफल गरियोस भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको थियो ।

साथै सैद्धान्तिक छलफलमा भाग लिने प्रदेश सभा सदस्यहरुको नामावली प्राप्त नभएको भन्दै सभामुखले सैद्धान्तिक छलफल टुंगिएको सभामा जानकारी गराएका थिए ।

१४ औं बैठक प्रमुख प्रतिपक्षदल नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा र एकिकृत समाजवादीले बहिष्कार गरेका थिए । तर, लोसपा र जसपा नेपाल प्रतिपक्ष बेन्चमा बसेपछी सदन अघि बढेको थियो ।

जुन बैठकमा बजेटमाथीको सैद्धान्तिक छलफल सकिएको थियो । बजेटमाथि असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले विरोध जनाउँदै सच्याउन माग राखेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?