वेष्टर्न ट्राभल मार्टमा २६ लाख खर्च

वेष्टर्न ट्राभल मार्टमा २६ लाख खर्च
+
-

नेपालगन्ज – ९ जेठ २४ देखि २६ गतेसम्म नेपालगन्जमा सञ्चालन भएको वेष्टर्न ट्राभल मार्टमा २६ लाख बढी खर्च भएको विवरण सार्वजनिक गरिएको छ।
नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा नाट्टा बाँके च्याप्टरले मार्ट आयोजना गरेको थियो।

पर्यटनको विकासका लागि आयोजित कार्यक्रममा २६ लाख ५४ हजार २ सय ६० रुपैयाँ खर्च भएको नाट्टा बाँके च्याप्टरका अध्यक्ष एवं वेष्टर्न ट्राभल मार्ट नेपालका संयोजक श्रीराम सिग्देलले जानकारी दिए।
मार्ट आयोजना गर्न पर्यटन बोर्डले २६ लाख र नेपालगन्ज उपमहानगरपालिकाले ५ लाख दिएका थिए। त्यसमा ४ लाख ४५ हजार ७ सय ७० रुपैयाँ बचेको छ।
मार्टमा नेपाल र भारतमा २ सय ७ जना पर्यटन व्यवसायी सहभागी भएका थिए। उनीहरुलाई पश्चिम नेपालका पर्यटकीय गन्तब्यहरुकोबारेमा भिडियो, बुकलेटमार्फत जानकारी गराइएको थियो। त्यसमध्येका ६८ जनालाई बाँके र बर्दिया राष्ट्रिय निकुन्जमा सफारी, कर्णाली नदीमा र्याफटिङ गराइएको थियो।

रैथाने खाना महोत्सवमा ४ लाख खर्च

वेष्टर्न ट्राभल मार्टसँगै नेपालगन्जको त्रिभुवनचोकमा आयोजना गरिएको रैथाने खाना महोत्सवमा ४ लाख खर्च भएको छ। सो कार्यक्रमका लागि पर्यटन विकास परिषद लुम्बिनीले ३ लाख र नेपालगन्ज उपमहानगरपालिकाले १ लाख सहयोग गरेका थिए।

रैथाने खाना महोत्सवमा ३६ जना व्यवसायीले स्टल राखेका थिए। आयोजकका अनसार, पहिलो दिन २ हजार र दोस्रो दिन ५ हजार मानिस रैथाने खाना महोत्सवमा सहभागी भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?