
धनगढी – सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका छन।
मुख्यमन्त्री कमलबहादुर शाहले बिहिवार नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरेका हुन।
यसअघि नागरिक उन्मुक्तिबाटै मन्त्री बनेका लक्ष्मण किशोर चौधरीले अडियो प्रकरणमा राजिनामा गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ४ जेठमा मन्त्रीमा नियुक्त भएका चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्रीले १५ दिन अघि नै निर्देशन दिएका थिए। तर रामेश्वरले राजिनामा नदिने सके बर्खास्त गर्न चुनौती दिएका थिए।
बुधबार सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक बर्षको बजेट पास भए लगत्तै मुख्यमन्त्री शाहले विहिवार वनमन्त्री चौधरीलाई बर्खास्त गरेका हुन।
रामेश्वर चौधरी कृषि मन्त्री भएका बेला अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम असुल्ने समूहसँग जोडिएको विषयलाई लिएर मुख्यमन्त्रीले बर्खास्त गरेको बताइन्छ।