भोलिदेखि मधेस प्रदेशसभामा बजेटमाथि छलफल हुने

भोलिदेखि मधेस प्रदेशसभामा बजेटमाथि छलफल हुने
+
-

जनकपुरधाम– आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमाथि भोलि आइतबारदेखि मधेस प्रदेशसभामा छलफल हुने भएको छ।

आइतबार दिउँसो १ बजेका लागि बजेटमाथि छलफलका लागि बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते बजेट प्रस्तुत गरेपछि असार ११ गते बसेको बैठक आधा घण्टा सञ्चालन नभएर स्थगित भएको थियो।

सरकारको आग्रहमा सभामुख रामचन्द्र मण्डलले बैठक अनिश्चितकालका लागि स्थगित गरेपछि विपक्षी दलका सांसदहरुले आपत्ति जनाएका थिए।

असार १२ गते बोलाइएको बैठक १ घण्टा अगाबै बस्नुअघि अनिश्चितकालका लागि स्थगित गरेपछि विपक्षी दलहरुले त्यसपछि बस्ने प्रदेशसभाको बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए।

प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायतका दलले आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएका थिए।

उनीहरुले सभामुखले विपक्षीलाई जानकारी नै नगराई बैठक स्थगित गरेको भन्दै आपत्ति जनाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?