मधेस प्रदेशमा साइबर क्राइमको मुद्दा न्यून

मधेस प्रदेशमा साइबर क्राइमको मुद्दा न्यून
+
-

जनकपुरधाम – मंगलबार धनुषा प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ परेका एक जनालाई सार्वजनिक गरे। दुई वर्षअघि सामाजिक सञ्जाल इमो मार्फत औरही गाउँपालिका ५ बस्ने ३६ वर्षीय हनिफ नदाफ र महिलाबीच चिनजान भएको थियो। चिनजान भएपछि उनीहरुबीच तस्वीर तथा भिडियो आदान प्रदान हुँदै आएको थियो। सोही फोटो भिडियोहरु सामाजिक सञ्जालमा हालिदिन्छु भन्दै ब्लाकमेल गर्दै आएका नदाफलाई प्रहरीले पक्राउ गर्दै सार्वजनिक गरेको हो।

धनुषाका प्रहरी उपरीक्षक नरहरि निरौलाले नदाफले ब्लाकमेल गर्दै पीडितलाई पटक–पटक गरी ५ लाख रुपैयाँ ठगी गरेको र शारिरिक, मानसिक तथा आर्थिक यातना दिने गरेको उजुरीको आधारमा पक्राउ गरिएको बताए।

नदाफमाथि ठगी, अपराधिक विश्वासघात, आर्थिक लाभ तथा विद्युतिय अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरेर थप अनुसन्धान थालेको हो।
यसअघि धनुषा प्रहरीले गत बैशाख २५ गते अनलाइन माध्यमबाट अढाई करोडभन्दा बढी ठगी गरेको अरोपमा पक्राउ परेका ७ जना युवालाई सार्वजनिक गरेको थियो। पक्राउ पर्नेमा धनुषा, महोत्तरी र सर्लाहीका १९ देखि २३ वर्षका युवा थिए। उनीहरुले सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेका थिए।

उनीहरुले विभिन्न २१ वटा सोसल मिडिया एकाउन्ट तथा पेजहरुको प्रयोग गरी ठगी गर्दा उनीहरुको साथबाट विभिन्न बैँक तथा वालेट गरी १८७ वटा खाताहरुको विवरण फेला पर्दा उक्त खाताहरुबाट २ करोड ६३ लाख ९३ हजार १ सय ९२ रुपैयाँ बराबरको कारोवार भएको देखिएको थियो।

मधेस प्रदेशमा अनलाईन ठगी, सामाजिक सञ्जालको माध्यमबाट ब्लाकमेलिंग जस्ता घटना घट्दा पनि पीडितले प्रहरीकहाँ नजाँदा साइबर क्राइमको मुद्दा न्यून पर्ने गरेको पाइएको छ। मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको तथ्यांक अनुसार मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८१।८२ को जेठ मसान्तसम्ममा प्रदेशभरमा ४७ वटा मुद्दा मात्र परेको हो। जसमा ४२ मुद्दा फर्छौट भएको हो।

चालु आवमा पर्सामा सबैभन्दा बढी साइबर क्राइमको मुद्दा परेको हो। पर्सामा चालु आवको जेठ मसान्तसम्ममा १२ वटा मुद्दा दर्ता भएको हो। बारामा ११ वटा मुद्दा दर्ता हुँदा धनुषामा ८, सप्तरीमा ४, रौतहटमा ४, सिरहामा ३, सर्लाहीमा ३ र महोत्तरीमा २ वटा मुद्दा मात्र दर्ता भएको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको तथ्यांक छ।

यो आवमा मात्र नभई गत आव २०८०।८१ मा समेत साइबर क्राइमको मुद्दा न्यून परेको हो। प्रहरीको तथ्यांक अनुसार गत आवमा यस प्रदेशमा ३० वटा मात्र साइबर क्राइमको मुद्दा परेको थियो। जसमा रौतहटमा ९, बारामा ६, पर्सामा ५, महोत्तरीमा ५, धनुषामा २ तथा सप्तरी, सिरहा र सर्लाहीमा १।१ वटा मात्र साइबर क्राइमको मुद्दा दायर भएको थियो। आव २०७७।७८, २०७८।७९ र २०७९।८० मा यस प्रदेशमा साइबर क्राइमको मुद्दा नै दायर भएको छैन्।
आव २०७६।७७ मा भने सिरहामा २ वटा साइबर क्राइमको मुद्दा दायर भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?