दाहाल बाबुछोराको कविता सङ्ग्रह ‘वंशवृक्ष’ लोकार्पण

दाहाल बाबुछोराको कविता सङ्ग्रह ‘वंशवृक्ष’ लोकार्पण
+
-

काठमाडौँ – वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र उनका छोरा इञ्जिनियर अनिमेष दाहालको संयुक्त कविता सङ्ग्रह ‘वंशवृक्ष’ लोर्कापण गरिएको छ।

साहित्यिक पत्रकार सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष एवं साहित्यकार दाहाल र उनका छोराद्वारा लिखित कविता सङ्ग्रहको लोकार्पण गरिएको हो।

मिलाप पब्लिकेशन प्रालिले प्रकाशन गरेको यस कविता सङ्ग्रहमा पहिलो खण्डमा बाबुका १७ र दोस्रो खण्डमा छोराका १३ कविता समेटिएका छन्। यी कविता गद्य र मुक्त छन्दमा लेखिएका छन्।

पत्रकार दाहालले व्यस्तता समयका बीच केही समय बचत गरेर यी कविता सृजना गरिएका भन्दै यस सङ्ग्रहको शीर्षकले बाबुछोरालाई साहित्य सिर्जनासँग जोडिएको प्रसङ्ग सुनाए। छोरा अनिभेषसँग अमेरिका बसाइँका क्रममा आफूले रचना गरेका कविताहरू यस सङ्ग्रहमा समेटिएको उनले जानकारी दिए। कविता र कथा कुनै निश्चित समयका लागि मात्र नलेखिने भन्दै दाहालले साहित्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरे।

रचनाकार अनिमेषले प्रवासबाट साहित्य क्षेत्रमा कलम चलाउँदै आएका छन्। यस कविता सङ्ग्रहमा रचनाकारद्वयले राजनीतिक व्यङ्ग्य, समाजको चित्रण र प्रकृति चिन्तन गरेको कार्यक्रममा उपस्थित समीक्षकहरूले बताएका छन्। साहित्यकार तथा पत्रकार विनोद दाहाल र खेमनाथ दाहाललगायतले कविता सङ्ग्रहबारे चर्चा गरेका थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’