
मोरङ –मोरङमा हवाई फायर गर्दै प्रहरीले तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली नगरपालिका–८ स्थित साझा टोलमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो।
यस क्रममा प्रहरीले ठूलो परिमाणमा खैरो हेरोइनसमेत उनीहरूको साथबाट बरामद गरेको छ। पक्राउ पर्नेमा रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, ३८ वर्षीय सुशिल बुढाथोकी र अर्की एक भारतीय कुर्साकट्टा बस्ने हसिना खातुन छन्।
सो क्षेत्रमा लागुऔषध करोबार भइरहेको सूचनाका आधारमा काठमाडौंस्थित लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट पनि टोली आएको थियो।