
काठमाडौँ– रसुवाको रसुवागढी नाकास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको क्षतिप्रति प्रतिनिधिसभामा दु:ख व्यक्त भएको छ।
सांसदहरूले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजी गर्न, राहत र उद्धारमा तदारुकता देखाउन माग गरे।
आज बिहान चीनको क्षेत्रमा परेको अविरल वर्षाका कारण रसुवागढीमा बाढी आउँदा तीन जना प्रहरीसहित १८ जना सम्पर्कविहीन भएका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)ले आज पनि संसद् बैठक बहिष्कार गरेको छ। जेठ १२ गतेदेखि उनीहरूले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै संसद बैठक बहिष्कार गर्दै आएका छन्।
आज संसद्मा जे देखियो–