विराटनगरमा ४ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगरमा ४ जनामा कोरोना संक्रमण पुष्टि
+
-

मोरङ – कोरोना संक्रमित देखिन थालेसँगै विराटनगर महानगरले खोप सञ्चालन गर्ने भएको छ।

महानगरका वरिष्ठ जनस्वाथ्य अधिकृत रमेश कार्कीका अनुसार पछिल्लो केही दिनयता महानगरमा संक्रमितको संख्या देखिएसँगै सतर्कता अपनाउँदै दीर्घरोगी, ५५ वर्षमाथि उमेर समूहलगायतका नागरिकलाई खोप लगाइने छ।

कार्कीका अनुसार महानगरमा हाल ४ जनामा संक्रमण पुष्टि भएको छ। महानगरको वडा नम्बर २ मा दुई जना, वडा नम्बर ९ मा एक जना र वडा नम्बर १६ मा एक जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए।

उनले भने, ‘अहिले पनि भाइरस सक्रिय नै छ। यसबाट हामीले छुटकारा पाएको छैनौँ। भाइरस निर्मुल भइसकेको अवस्था होइन, तर यति भनिरहँदा यसबाट अहिले त्यति त्रसित हुनुपर्ने अवस्था छैन। हामीले सतर्कता अपनाउन, सुरक्षित बस्न आवश्यक छ।’

उनले दीर्घरोगीहरुले भीडभाडमा कम जाने र जानैपर्ने अवस्थामा मास्क लगाउनुपर्नेमा जोड दिए।

महानगरले बुधबार र बिहीबार रानी अस्पताल, वैजनाथपुर अस्पताल र आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउने जनाएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’