मधेस प्रदेशसभामा प्रतिपक्षी दलको अवरोध कायमै

मधेस प्रदेशसभामा प्रतिपक्षी दलको अवरोध कायमै
+
-

जनकपुरधाम – मधेस सरकारले ल्यएको बजेटमा बिचौलिया हावी रहेको भन्दै बजेट पुनर्लेखनको माग गर्दै प्रतिपक्षी दलहरुले मधेस प्रदेशसभा बैठक अवरोध गरेपछि स्थगन भएको हो। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक पौने ४ बजे सुरु भएकोमा प्रतिपक्षी दलहरुले बजेटमा विचौलिया हाबी रहेको भन्दै विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठक बिहिबार दिउँसो १ बजेसम्मका लागि स्थगन गरेका हुन्।

बुधबार १ बजेका लागि बोलाइएको बैठक ३ बजेसम्म बस्न नसकेपछि उक्त बैठकलाई स्थगित गर्दै ३ बजेर १० मिनेटमा बोलाइएको थियो तर करिब पौने ४ बजे बसेको बैठक समेत चल्न सकेको छैन।

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशसभा बैठकमा सत्तापक्षकै सांसदहरु अनुपस्थित रहेकाले उनीहरु समेत यस बजेट प्रति असन्तुष्ट रहेको देखिएको बताए।

प्रदेशसभा बैठक अगाडि बुधबार प्रदेशसभामा देखिएको अवरोध हटाउन सर्वदलीय बैठक बोलाइएकोमा उक्त बैठक निष्कर्ष विहिन सम्पन्न भएको थियो। उक्त बैठकमा सभामुख मण्डलले बजेटको विषयमा छानविन गर्न कार्यदल बनाउन प्रस्ताव गरेकोमा सरकार पक्षले त्यसलाई मान्नबाट अस्वीकार गरेका थिए।

असार १ गते मधेस सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले बजेट प्रस्तुत गरेपछि असार ११ गते बसेको बैठकमा करिब २३ मिनेट बजेटमाथि छलफल भएयता प्रदेशसभा बैठक सञ्चालन हुन सकेको छैन।

प्रमुख प्रतिपक्षी दल जसपा नेपाल सहित माओवादी केन्द्र, नेकपा एस, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले बजेट पुनर्लेखनको माग राख्दै बैठक अवरुद्ध गर्दै आइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?