लम्पी स्किनले पशु मर्न थाले, किसानलाई सहयोग गर्न आग्रह

लम्पी स्किनले पशु मर्न थाले, किसानलाई सहयोग गर्न आग्रह
+
-

चन्द्रपुर(रौतहट) –लम्पी स्किन रोगले रौतहटको चन्द्रपुर नगर क्षेत्रका पशु मर्न थालेका छन्। चन्द्रपुर नगर क्षेत्रमा केही दिनयता लम्पी स्किन रोगको पशु कारण मर्न थालेपछि किसान चिन्तित भएका छन्।

उक्त रोगकै कारण गत असार १९ गते चन्द्रपुर–८ मर्धरटोलका कृष्ण गौतमको गाई मरेको चन्द्रपुर नगरपालिका पशु शाखाका प्रमुख डा सुलभ चौधरीले जानकारी दिए। लम्की स्किन रोगको उपचार गर्दागर्दै गौतमको गाई मरेको उनले बताए। उनका अनुसार हालसम्म चन्द्रपुर नगरक्षेत्रका–४३ वटा गाई र एउटा भैँसीमा उक्त रोगको सङ्क्रमण देखा परेको छ।

अहिलेसम्म चन्द्रपुर १ मा १०, नं २ मा २५ वटा, वडा नं ४ मा दुई वटा, ८ मा चार वटा र वडा नं १० मा १० वटा गाईमा र वडा नं ५ को एउटा भैँसीमा सो रोग सङ्क्रमण देखिएको डा चौधरीले जानकारी दिए। उनका अनुसार वडा नं ३ मा भने वडा कार्यालयको आफ्नै बजेटबाट करिब दुई हजार दुई सय ५० वटा गाई र भैँसीलाई लम्की स्किन रोगविरुद्धको भ्याक्सिन लगाइएको छ।

त्यसैगरी वडा नं ९ ले पनि आफ्नै बजेटबाट एक हजार ६ सयभन्दा बढी पशुलाई सो रोगविरुद्धको भ्याक्सिन लगाएको उनले जानकारी दिए। पशुलाई उच्च ज्वरो आउने, डाबरका फोका देखापर्नेजस्ता यस रोगको लक्षण रहेको उनको भनाइ छ। गत वर्ष मात्रै लम्की स्किन रोगको कारण चन्द्रपुर नगर क्षेत्रमा एक सय ६० वटा गाईभैँसी मरेका थिए। खासगरी उन्नत जातको गाईमा यस प्रकारको रोग देखा परेको समेत उनले बताए।

सबै वडामा सो रोगविरुद्धको खोप लगाउनका लागि पशुपालक किसानलाई आवश्यक सहयोग गर्न आफूले नगर प्रमुख सञ्जयकुमार काफ्लेलाई आग्रह गरेको उनले बताए। अहिले नगरभरीको पशुलाई उक्त रोगविरुद्ध १० हजार थान खोप आवश्यकता रहेको डा चौधरीले बताए।

किसानले आफ्नै पैसाले पशुको उपचार गराइराखेका छन्। एउटा सो रोगविरुद्ध उपचार गर्नको लागि १० देखि १२ हजारसम्म खर्च हुन्छ। यो रोग सरुवा रोग भएकाले रोग लागेको पशुलाई छुट्टै राख्ने, गोठ सफा राख्ने, लामखुट्टेबाट जोगाउन डा चौधरीले किसानलाई आग्रह गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?