मधेस प्रदेशसभाः १० मिनेटका लागि स्थगित बैठक शनिबार दिउँसो १ बजेसम्मका लागि स्थगित

मधेस प्रदेशसभाः १० मिनेटका लागि स्थगित बैठक शनिबार दिउँसो १ बजेसम्मका लागि स्थगित
+
-

जनकपुरधाम – मधेस प्रदेशसभा बैठक शनिबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो। बिहीबार बसेको बैठकमा पूर्व सहमति अनुसार सभामुख रामचन्द्र मण्डलले आफ्नो नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेकोमा प्रतिपक्षी दलले उक्त कार्यदलमा मन्त्रीलाई राखेको भन्दै आपत्ति जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए।

बैठक स्थगित भएपछि सभामुखको कार्यकक्षमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि १० मिनेटका लागि स्थगित बैठक नबसिकन शनिबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले कार्यदलमा नेकपा एमालेका संसदीय दलका नेता एवं मधेस सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवलाई कार्यदलमा राखेको भन्दै आपत्ति जनाएका थिए। उनले सरकारले ल्याएको बजेटमाथि छानबिन गर्न कार्यदल गठन भएकोमा त्यसमा मन्त्रीलाई राखेपछि आपत्ति जनाएका थिए।

पूर्व सहमति अनुसार सभामुखको नेतृत्वमा प्रतिपक्षी दलबाट ३ जना र सत्तापक्षबाट २ जना सांसद गरी ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको थियो।
बैठक स्थगित हुनु पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पूर्व सहमति अनुसार नै कार्यदलका लागि नाम पठाएको बताएका थिए। उनले प्रतिपक्षी दलले सहमति तोड्न खोजेको आरोप लगाएका थिए।

मधेस सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याएपछि त्यसमाथि छलफल हुन सकेको छैन। प्रतिपक्षी दलका सांसदहरुले यो बजेटमा बिचौलिया हाबी भएको भन्दै बजेट पुनर्लेखनको माग गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?