
धनगढी- बैतडीकाे पाटनमा जीप दुर्घटना हुँदा चालक सहित ८ जना घाइते भएका छन् । धनगढीबाट दार्चुलाको गन्ना गइरहेको सुप प्र ०४ ००१ज १३७२ नम्बरको जीप आज बिहान बैतडीको पाटन-६ स्थित खिपालीमा भीरमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी चालकसहित ८ जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको डिलासैनीका २५ वर्षका हेमन्त प्रसाद भट्ट, वर्ष ३२ का किरण बोहरा, वर्ष ५२ कि कुल्मा धामी, २७ वर्षका राजेन्द्र खत्री, २१ वर्षकी भागरती खत्री र उनकी २ वर्ष कि छाेरी एलिसा खत्री, ३९ वर्षका राम कुमार राना र चालक सन्ताेष बहादुर राना रहेका छन् ।
घाइतेमध्ये कुल्मा, लाल(चालक) र हेमन्तको अवस्था गम्भीर रहेको छ । दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पाटनको टोली र स्थानीयले उद्धारमा खटिएका थिए ।
सबै घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको छ । गम्भीर घाइतेहरूलाई रेफरको तयारी भइरहेको छ ।