मधेस प्रदेशसभाः विपक्षीको अवरोध कायमै, कार्यदलको संयोजकबाट सभामुखले दिए राजीनामा

मधेस प्रदेशसभाः विपक्षीको अवरोध कायमै, कार्यदलको संयोजकबाट सभामुखले दिए राजीनामा
+
-

जनकपुरधाम – मधेस प्रदेशसभामा कार्यदलको विषयलाई लिएर प्रतिपक्षी दलका सांसदहरुले बैठक अवरुद्ध गरेका छन्।

बजेटमाथि छानबिनका लागि सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा गठन भएको कार्यदलमा मन्त्रीको नाम राखेपछि प्रतिपक्षी दलका सांसदहरुले आजको बैठकमा समेत अवरोध गरे। त्यसपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन्।

सभामुख मण्डलले आफूले कार्यदलको संयोजक पदबाट राजीनामा दिएको सदनलाई जानकारी गराए। उनले कार्यदलले विभिन्न काम गर्नुपर्ने भएकाले अब समय अभावका कारण आफू संयोजक पदमा रहन नसक्ने बताए।

माओवादी केन्द्रका सांसद युवराज भट्टराईले आफूहरु कार्यदल गठनमा सहमत भएको बताउँदै उनले मुख्यमन्त्रीले यसमा प्रतिबद्धतासमेत जनाएको तर त्यसलाई नमानेको आरोप लगाए।

उनले बजेटमा भएको त्रुटिहरुलाई छानबिन गर्न कार्यदलमा मन्त्रीको नाम आएकाले आफूहरुले आपत्ति पनि जनाएको र मन्त्रीको नाम नहटाएसम्म त्यसको विरोध जनाउने बताए।

उनले प्रतिपक्षी दल लचिलो भए पनि सरकार पक्षले त्यसलाई बेवास्ता गरेको आरोप लगाए।

सभामुख मण्डलले सदन धेरै अवरुद्ध भएकाले अब यसरी नचल्ने बताउँदै प्रदेशसभालाई सञ्चालन गर्न खोजेपछि प्रतिपक्षी दलका सांसदहरुले रोष्टम घेराउ गरेका थिए।

उनले आर्थिक विधेयक पूरा हुन दिनुपर्ने भन्दै छलफलमा उठेकोाप्रश्नको जवाफ दिन अर्थमन्त्री सुनिलकुमार यादवलाई रोष्टममा बोलाएका थिए। तर, प्रतिपक्षी दलका सांसदहरु रोष्टमअगाडि गएर उभेपछि बैठक स्थगित भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?