मधेस प्रदेश सभाः राजश्व र व्ययमाथि पर्याप्त भएन छलफल

मधेस प्रदेश सभाः राजश्व र व्ययमाथि पर्याप्त भएन छलफल
+
-

जनकपुरधाम – मधेस प्रदेश सरकरको आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययमाथि राम्रोसँग छलफल नहुँदै अर्थमन्त्रीले जवाफ दिएका छन्। मधेस सरकारले असार १ गते बजेट ल्याएपछि दुई जना सांसदले मात्र छलफलमा भाग लिएपछि अर्थमन्त्री सुनिलकुमार यादवले जवाफ दिएका हुन्।

असार ११ गते बसेको बैठक कुल २३ मिनेट २१ सेकेन्ड चलेकोमा त्यसमा दुई जना सांसदले भाग लिएपछि त्यसयता बैठक स्थगित हुँदै आएको थियो। शनिबार बसेको बैठकमा अवरोध हटेपछि छलफललाई निरन्तर्ता नदिँदै सभामुख रामचन्द्र मण्डलले मन्त्री यादवलाई समय दिएपछि मन्त्रीले जवाफ दिएका हुन्।

असार ११ गते बसेको बैठकमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक रामअशिष यादव र लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद रमिता प्रधानले छलफलमा भाग लिएका थिए। असार १२ गते बोलाइएको बैठकमा सरकार पक्षको आग्रहमा सभामुख रामचन्द्र मण्डलले बैठक नबस्दै अनिश्चितकालका लागि स्थगित गरेका थिए। त्यसयता प्रदेशसभा बैठक बसेपनि प्रतिपक्षी दलका सांसदले बजेटमा बिचौलिया हावी भएको भन्दै बैठक अवरुद्ध गर्दै आएका थिए।

बिहीबार सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति भएपछि बसेको बैठकमा सभामुख मण्डलले कार्यदलको घोषणा गरेपछि प्रतिपक्षी दलका सांसदहरुले त्यसमा आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेका थिए। प्रतिपक्षी दलका सांसदहरुले कार्यदलमा सत्ता पक्ष र प्रतिपक्षका सांसद हुनुपर्नेमा सत्ता पक्षले भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवको नाम दिएपछि त्यसयमा आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेका थिए।

सभामुख मण्डलले सोमबार बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गरेकाले विनियोजन विधेयकमा समेत मन्त्रालयगत छलफल नहुँदै पारित गर्ने सरकारको तयारी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?