
जनकपुरधाम– सामाजिक सञ्जाल टिकटकमा लाइभ आएर गाली गलौज गरेको आरोपमा धनुषा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ।
आइतबार जनकपुरधाम उपमहानगरपालिका २४ बस्ने २० वर्षीया रोशनी खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले टिकटक लाइभमा आएर युवतीले अभ्रद गाली गलौज अपशब्दहरु प्रयोग गरेकोले समाजिक संजालमा अन्य व्याक्तीमा समेत नकरात्मक असर पर्ने देखिएको हुदा खातुनलाई नियन्त्रणमा लिई अभ्रद्र व्यवहार शिर्षकमा मुद्दामा दर्ता गरेर थप अनुसन्धान थालेको जनाएका हुन।
धनुषा जिल्ला अदालतबाट म्याद थप गरी युवतीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान थालेको प्रहरीले जनाएका छन।