मधेस प्रदेशसभाको बैठक प्रतिपक्षी दलद्वारा बहिष्कार, बैठक जारी

मधेस प्रदेशसभाको बैठक प्रतिपक्षी दलद्वारा बहिष्कार, बैठक जारी
+
-

जनकपुरधाम- प्रतिपक्षी दलका सांसदहरुले मधेस प्रदेशसभा बैठक बहिष्कार गरेका छन् । सोमबार ८ बजे बोलाइएको बैठक करिब १० बजे सुरु हुनसाथ प्रतिपक्षी दलका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् ।

यद्यपि सभामुख रामचन्द्र मण्डलले बैठकलाई सञ्चालन गरेका छन् । जनता समाजवादी पार्टी, नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले विगतको बजेटमा पनि धेरै किसिमको गडबडी भएको र तत्कालीन अर्थमन्त्री र मुख्यमन्त्रीले बजेट ह्याक भएको भनेको बताउँदै उनले भने, ‘यो वर्ष पनि त्यो वर्षभन्दा पनि बढी आलोचना भएको हो । बजेटमा विचौलिया हाबी भएको भनेर विभिन्न दलका नेता र सांसदहरूले भनिसकेका छन्।’

यादवले बजेट छानविनको माग गर्दै बैठक अवरुद्ध गरेपछि कार्यदल गठन भएको अनि कार्यदलले सदनलाई छलेर बजेट आएको पाएको बताए ।

‘हामीले ४६१ पेजको रेडबुक पाएका छौँ तर ७५५ पेजको रेडबुक रहेछ । सदनलाई छलेर बजेट पास गराउने ? कुनै कुनै साथीले भन्छ सधै यस्तो हुन्छ । ७ वर्ष भैसकेको छ तर यसतो भएको छैन् म नै पाच वर्ष सभामुख थिए । यो आर्थिक अपराध हो । २९४ पेज भन्नाले करिब ८ हजार योजना ३ अर्बभन्दा बढीको छ । कुपोषणबला योजना रहेको त्यो पनि ठूलै अपराध हो’, उनले भने ।

यादवले यो योजनाबद्ध भ्रष्टाचार गर्न ल्याइएको बताउँदै भने, ‘जुन चोरी गरेर ल्याइएको योजना छ त्यसलाई समावेश नगर्ने । बहुमत छ भने जसरी पास गर्नुहुन्छ भने हामी त्यसमा सहयोग गर्दैनौँ ।’

यादवले अर्थमन्त्रीले गडबडी गरेकाले यो बजेट सँच्याउनुभन्दा पहिले राजीनामा दिनुपर्ने र सभामुख मण्डलले प्रतिपक्षी दलको उपस्थिति बिना बैठक सञ्चालन गरिरहेकाले उनको पनि राजीनामा माग गरेका छन् ।

बहिष्कार गर्ने दलमा जसपा नेपाल, माओवादी केन्द्र, नेकपा एस, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी नेपाल रहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?