
जनकपुरधाम- सर्लाहीमा पिकअप र मोटरसाइकल एक आपसमा ठोकिँदा ५ जना घाइते भएका छन् ।
सोमबार बिहान करिब ११ बजेको समयमा ईश्वरपुर नगरपालिका १२ र १३ को सिमानामा बाँके चौक देखी दक्षिण पट्टी रहेको रेल्वे ट्रयाक चौक स्थित श्रिनगर-बाँके सडक खण्डमा पिकअप र मोटरसाइकल ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार प्र.०३-०२८ प २१९१ नम्बरको मोटरसाइकल र बा ८ च ६५ नम्बरको पिकअप एक-आपसमा ठोकिँदा दुर्घटना भई आफै आगलगी भएको जानकारी दिए।
उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक ईश्वरपुर १५ बस्ने २३ वर्षीय चन्द्रदेव धामी र मोटरसाइकलको पछाडिमा सवार २२ वर्षीय प्रशेस चौधरी घाइते भएका छन् । दुबै जना नेपाली सेनामा कार्यरत छन् ।
यस्तै, मोटरसाइकलमै सवार रहेका २१ वर्षीय अमित चौधरी, पिकअप चालक हरिवन नगरपालिका ३ डाबरी टोल बस्ने ४० वर्षीय रामएकबाल महतो र पिकअप पछाडि सवार हरिवन २ बस्ने ६५ वर्षीय लेखनाथ उपाध्याय घाइते भएका छन् ।