मधेश प्रदेश सरकराको आगामी आवको बजेट सर्वसम्मतले पारित

मधेश प्रदेश सरकराको आगामी आवको बजेट सर्वसम्मतले पारित
+
-

जनकपुरधाम – मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सर्वसम्मतले पारित भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकलाई सदनमा रहेको सम्पूर्ण प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि सञ्चालन भएको बैठकमा विनियोजन विधेयक २०८२ सर्वसम्मतले पारित भएको हो।

अर्थमन्त्री सुनिलकुमार यादवले सदनमा विनियोजन विधेयक, २०८२ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकोमा हुन्न भन्ने आवाल नसुनिएपछि सभामुख रामचन्द्र मण्डलले विनियोजन विधेयक सर्वसम्मतले पारित भएको घोषणा गरे।

मधेस प्रदेशसभामा १० दल रहेकोमा जनमत पार्टीको नेतृत्वमा रहेको सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा  छ।

बाँकी रहेको ६ दल जनता समाजवादी पार्टी, नेपाल, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टी नेपाल प्रतिपक्षमा छ।

अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते ४६ अर्ब ९८ करोढ ३३ लाख ५१ हजार बराबरको बजेट प्रस्तुत गरेका थिए। त्यसयता बैठक पटक पटक अवरुद्ध हुँदै आएकोमा सोमबार प्रतिपक्षी दलको बहिष्कारकोबीच भएको छलफल पश्चात मन्त्रालयगत रुपमा मन्त्रीहरुले जवाफ दिएपछि विनियोजन विधेयक पारित भएको हो।

सभामुख मण्डलले विनियोजन विधेयक पारित भएपछि बैठक ५ बजेर ५ मिनेटसम्मका लागि स्थगित गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?