
धनगढी – बाजुराको बूढीगङ्गा नगरपालिकास्थित बुढीगङ्गा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढिगङ्गा नगरपालिका –२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
बुढिगङ्गा–३ र ६ मा पर्ने बुढिगङ्गा नदीको किनारमा सोमबार दिउसो दाउरा निकाल्ने क्रममा नदीले बगाएर उनको मृत्यु भएको हो। दाउरा ल्याउन गएका बुढथापा घर नफर्किएपछि खोजी गर्दा करिब एक किलोमिटर तल नदीको किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक ईकलाल हवारीले बताए। उनको शव परिक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ।