
जनकपुरधाम – मधेस प्रदेशसभाबाट आर्थिक विधेयक २०८२ सर्वसम्मतले पारित भएको छ ।
सोमबार ५ बजेर ५ मिनेटमा बसेको बैठकमा अर्थमन्त्री सुनिलकुमार यादवले आर्थिक विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेकोमा छलफलमा कुनै प्रदेशसभा सदस्यले भाग नलिएपछि उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा हुन्न भन्ने आवाज नसुनिएपछि सभामुख रामचन्द्र मण्डलले सर्वम्मतले पारित भएको घोषणा गरे।
यसअघि सोमबार नै विनियोजन विधेयक, २०८२ सर्वसम्मतले पारित गरेको हो।
सोमबारको प्रदेशसभा बैठकलाई प्रतिपक्षी दलका सांसदहरुले बहिष्कार गरेपछि पनि सञ्चालन भएको बैठकमा एक दिनमै विनियोजन विधेयक र आर्थिक विधेयक पारित गरिएको हो ।
सभामुख मण्डलले प्रदेशसभा बैठकलाई अनिश्चितकालका लागि स्थगित गरेका हुन्।