मधेस प्रदेशमा ‘लम्पीस्किन’को सङ्क्रमण बढ्दो

मधेस प्रदेशमा ‘लम्पीस्किन’को सङ्क्रमण बढ्दो
+
-

जनकपुरधाम – मधेस प्रदेशमा पशु चौपायामा लाग्ने लम्पीस्किन सङ्क्रमण तीव्र रुपमा बढ्दो छ। विगत दुई महिनादेखि सो रोग मधेस प्रदेशमा फैलिँदै गएको हो।

मधेस प्रदेशको पशुपन्छी विकास निर्देशनालय जनकपुरका अनुसार प्रदेशअन्तर्गतका जिल्ला तथा ग्रामीण क्षेत्रमा एक हजार ४१ पशुमा लम्पीस्किनको सङ्क्रमण फेला परेको छ। सो रोगबाट हालसम्म १५ वटा पशुचौपाया मरेका छन्। उक्त रोग लागेमा पशुलाई सुरुमा ज्वरो आउने, शरीरमा घाउखटिरा हुने तथा अन्नपानी चारा एवं घाँस खान नखोज्ने लक्षण देखिन्छ।

निर्देशनालयबाट प्राप्त विवरणअनुसार मधेस प्रदेशको सिरहामा ३७३, धनुषा जिल्लामा ३३०, सर्लाहीमा २५०, रौटहटा ७६ वटा पशुमा लम्पीस्किन भेटिएको छ। साथै उक्त रोगबाट धनुषामा सात, सर्लाहीमा चार तथा रौतहटमा चारवटा पशु मरेका छन्।

रोगको पहिचान भएपछि सो सङ्क्रमण हुन नदिन खोप अभियान सुरु गरिएको निर्देशनालयका निर्देशक जागेश्वर यादवले जानकारी दिए।

सो अभियानअन्तर्गत प्रदेशभरिका दुई लाख ४५ हजार पशुलाई खोप लगाइएको जनाइएको छ। प्राप्त जानकारीअनुसार दुई लाख ३१ हजार ५१५ पशुलाई विज्ञ केन्द्रमार्फत खोप दिइएको छ भने स्थानीय तहमार्फत धनुषामा ५६६, सर्लाहीमा १७५ तथा रौतहटमा तीन हजार ७०० पशुलाई खोप लगाइएको छ।

यो गाई तथा भैँसीमा देखिन एक विषाणुजन्य रोग हो। प्रदेशभरि खोप अभियान सञ्चालन गर्दै उच्च जोखिम भएका क्षेत्रहरुमा निःशुल्क खोप वितरण भइरहको यादवले बताए।

रोग फैलाउने कीटाणु नियन्त्रणका लागि कीटनाशक औषधि समेत छर्किने गरिएको छ। साथै गोठ सफाइ, मलमूत्र व्यवस्थापन तथा जैविक सुरक्षाका उपाय उपनाउनका लागि किसानलाई प्रेरित गरिएको छ। गम्भीर अवस्थामा पशु चिकित्सक टोली खटाएर उपचार व्यवस्था गरिएको निर्देशक यादवको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?