शान्ता चौधरीको यात्रा कम्लरीदेखि सांसद् र सफल व्यवसायीसम्म: (अन्तर्वार्ता)

‘भुँइमान्छे राजनीतिमा आउने हो भने व्यवसाय पनि गर्नुपर्छ’

‘भुँइमान्छे राजनीतिमा आउने हो भने व्यवसाय पनि गर्नुपर्छ’
+
-

८ वर्षीय बाल्य अवस्थामा सामान्य बालबालिका के गर्छन्? साथीसंगीसँग खेल्छन्। कुद्छन्। स्कूल जान्छन्। बुवा-आमासँग समय बिताउँछन्। उत्पट्याङ गर्छन् यस्तै केही। तर, पूर्वासांसद्समेत रहेकी नेकपा एमालेकी नेतृ एवम् व्यावसायी शान्ता चौधरीको बाल्यकाल भने त्यो रहेन।

आमा-बुवाको साथ र काखको न्यानोपन सहशुससमेत गर्न नपाउँदै काख खोसियो, दिदी-बहिनी खोसिए र खोसियो बाल्यकाल पनि। उनलाई जमिन्दारको घरमा कम्लरी बनाइयो। अनेकन बचन, ठेस र ठक्करसँगै त्यतैकतै घिर्सियो शान्ताको बाल्यकाल पनि।

न राम्रो खाने, न राम्रो बचन सुन्ने न त राम्रो शिक्षा ग्रहरण गर्न पाउने अभावनै अभावमा १८ वर्ष बिताएर त्यसबाट मुक्त भइ जीवनको अर्को लय समाएकी शान्तालाई अझै पनि ती घाउँले नमीठो गरी झस्काउँछन् बेला-बेला। पोल्छन्, उक्किन्छन्, चर्याउँछन् पनि। ‘ती दिनहरू सम्झँदा अझैपनि मन भारी हुन्छ। भोगाइ र दु:खको सीमा छैन। ती घाउहरू सम्झदा मन अमिलो हुन्छ,’ नोस्टाल्जिक हुँदै उनी भन्छिन्।

अनेकन राजनीतिक तथा सामाजिक परिवर्तनसँगै शान्ता जस्ता धेरै कम्लरीहरू दासत्वको जीवनबाट मुक्त भए। औपचारिक शिक्षा खासै लिन नपाएकी उनले आफ्नो जस्तो अवस्था अरूको नहोस् भन्ने चाहान्थिन्। त्यसैले त्यसपछिको जीवन कम्लरी मुक्ति र अधिकारका लागि लडिन्। उनको सक्रियता र लोकप्रियतामा राजनीतिक दलहरूको पनि आँखा पर्यो। त्यतिबेला नेपाली कांग्रेस, नेकपा माओवादी र एमाले तीनै दलबाट उनलाई पदीय प्रलोभन पनि आउन थाले।  फलत: ६७ ताका आफूलाई मन पर्ने पार्टी एमालेमा प्रवेश गरी संघीय सांसद पनि भइन् उनी।

दुई पटक सांसद भएकी उनी। तेस्रो पटक समानुपातिका सासद् हुने मौका थिएन। चुनाव लडिन् तर पराजित भइन्। त्यो पराजयले उनको यात्रा केही धर्मरायो पनि। परिचय र दैनिकी फेरिएकी शान्ता फेरि गाउँ फर्किइन्। व्यावसायतर्फ लागिन्। ‘मलाई मेहनत गर्न गाह्रो लाग्दैन। हिजो सिमेन्ट, गिट्टी बोकेर आफू पालिएँ। छोराछोरी पनि पालेँ। अब पनि सक्छु भन्ने लाग्यो अनि सानै भएपनि व्यावसाय सुरु गरेँ,’उनी भन्छिन्।

हजार रुपैयाँबाट ‘शान्ताको अचार’ व्यावसाय सुरु गरेकी शान्ता व्यावसायमा धीरता चाहिने रहेछ भन्ने अनुभव सुनाउँछिन्। कहिलेकाहीँ बिक्री नै नभएर अचार फाल्नुपर्ने अवस्था आउँदा पनि उनी धीर रहिन्। अहिले दाङ र ललितपुर गरी दुई ठाउँबाट व्यावसाय चलाएकी उनी अचारका विभिन्न परिकार देश तथा विदेशमा रहेका नेपालीका भान्छामा पुर्‍याउँछिन्। यसले उनलाई आर्थिक रुपमा सक्षम त बनाएको छ नै, उनको आत्मविश्वास पनि बढाएको छ।

नेपालमा पहिलो पटक आएको बिजनेश रियालिटी शो सार्क ट्यांक नेपालमा समेत लगानी खोज्न पुगेकी शान्ताको २ करोड रुपैयाँको अपेक्षा थियो। त्यो लगानीले आफ्नो व्यवसायलाई झनै ठूलो स्केलमा लैजाने उनको चाह पूरा हुन भने पाएन। ‘मलाई त्यसबारे धेरै थाहा थिएन। राम्रो लगानी पाए झनै राम्रो गर्ने अपेक्षाले पुगेकी थिएँ। तर, भएन। मप्रति उहाँहरूले देखाउनुभएको सद्भाव र सहानुभूति पनि मेरो लागि ठूलो सहयोग हो,’उनी भन्छिन्।

जीवनका अनेकन घडीहरू पार गर्दै आफूलाई झनै परिष्कृत गर्दै हिँडेकी शान्ता राजनीतिमा पनि व्यवसायमा जस्तै सक्रिय हुन चाहान्छिन्। छिन् पनि। राजनीतिमा क्रियाशील रहनका लागि आवश्यक खर्च अचारले दिएको छ।

आफू मात्र नभएर ३५ जनाभन्दा बढी दिदीबहिनीलाई रोजगारी दिएकी उनले राजनीतिमा आउन चाहाने भूँइमान्छेलाई केही आम्दानीको बाटो आफैले बनाएर राजनीतिमा आउन सल्लाह दिन्छिन्। त्यसो भए मात्र लामो समयसम्म राजनीतिमा टिक्न सकिने उनको जिकिर छ।

प्रस्तुत छ उनै शान्ता चौधरीसँग देशसञ्चारका लागि अस्मिता केसीले गरेको कुराकानीको भिडियो अन्तर्वार्ता:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?