पेस्तोल देखाएर मुखियाले लुटे नगद र मोबाइल

पेस्तोल देखाएर मुखियाले लुटे नगद र मोबाइल
+
-

जनकपुरधाम– धनुषाको जनकनन्दनी गाउँपालिका १का अजय कुमार गाेइतलाई पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुवनी ग्रामपञ्चायत उस्राही थाना देवधा ८, पिठुवा टोल बस्ने २३ वर्षीय विजय मुखिया रहेका छन्।

उनले गोइतलाई असार २० गते पेस्तोले देखाएर नगद दुई लाख १६ हजार, १२ लाख १० हजार बराबरको चेक र आइफोन – १६ प्रो. लुटपाट गरेको प्रहरीले जनाएको छ।

गोइत बैंकमा पैसा जम्मा गर्न जाने बेला बाटो छेकेर मुखियाले लुटपाट गरेका थिए। मुखियालाई प्रहरीले सोमबार साँझ धनुषाको सबैला नगरपालिका ९ ठिल्लाबाट पक्राउ गरेको थियो।

धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले मुखिया पेशेवर लुटेरा रहेको बताए। उनकाअनुसार भारतमा पनि मुखियामाथि ९/१० वटा मुद्दा रहेको छ।

प्रहरी उपरीक्षक रेग्मीले लुटेराहरु भारतमा लुटपाट गरेर नेपालमा लुक्ने गरेको र नेपालमा गरेर भारत लुक्ने गरेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?