उच्च अदालत तुलसीपुरबाट एक वर्षमा ८५ प्रतिशत बढी मुद्दा फर्स्याेट

उच्च अदालत तुलसीपुरबाट एक वर्षमा ८५ प्रतिशत बढी मुद्दा फर्स्याेट
+
-

दाङ– तुलसीपुर उच्च अदालतले आर्थिक वर्ष २०८१\८२ मा एक दशक यताकै उत्कृष्ट न्यायिक कार्य सम्पादन गर्दै ८५ प्रतिशतभन्दा बढी मुद्दा फर्स्याेट गरेको छ । साथै, एक वर्षभन्दा पुराना सबै मुद्दामा फैसला गरी ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।

सूचना अधिकारी मधु सुदन पन्थीका अनुसार अदालतले चालु आर्थिक वर्षमा ८७१ मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेकोमा कुल १ हजार ४ सय ५७ मुद्दामध्ये १ हजार २ सय ४३ मुद्दा फछ्र्योट गरेको छ । यो लक्ष्यभन्दा करिब ४२ प्रतिशत बढी हो । तीमध्ये गत वर्षबाट जिम्मेवारी सरेका ४ सय १४ र यस वर्ष दर्ता भएका १ हजार ४३ मुद्दा समेटिएका थिए ।

हाल अदालतमा २ सय १४ मुद्दा मात्र बाँकी छन्, जसमा पनि अधिकांश अन्तिम प्रक्रिया नपुगेका कारण फैसला हुन बाँकी छन् । तीमध्ये ४५ थान मुद्दा ६ महिनाभन्दा बढी र १ सय ६९ मुद्दा ६ महिनाभित्र दर्ता भएका छन् । एक वर्षभन्दा पुराना सबै मुद्दामा फैसला भइसकेको र दर्ता र फर्स्याेट दुवै संख्याको हिसाबले पनि यो वर्ष अदालतको प्रदर्शन उल्लेखनीय रहेको सूचना अधिकारी पन्थीले जानकारी दिए ।

तुलसीपुर उच्च अदालतले विगत दश बर्षमा मुद्दा फछ्र्योट गरेको विवरण समेत सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०७२\७३ मा दर्ता ९ सय ४९ मुद्धा मध्ये ५ सय ६५ फछ्र्योट भएका छन् । जसको प्रतिशत ५९.५३ रहेको छ । आर्थिक बर्ष २०७३\७४मा मुद्धा दर्ता ९ सय ३१, मुद्दा फर्स्याेट ५ सय ५४ अर्थात ५९.५० प्रतिशत, आर्थिक बर्ष २०७४\७५मा मुद्धा दर्ता ७ सय ८९, मुद्धा फर्स्याेट ६ सय ५ अर्थात ६७.६७ प्रतिशत, आर्थिक बर्ष २०७५\७६ मा मुद्धा दर्ता ८ सय १, मुद्दा फर्स्याेट ६ सय ६ अर्थात ७५.६५ प्रतिशत रहेको छ ।

आर्थिक बर्ष २०७६\७७ मा मुद्धा दर्ता ५ सय ८०, मुद्धा फर्स्याेट ४ सय ७ अर्थात ७०.१७ प्रतिशत, आर्थिक बर्ष २०७७\७८ मा मुद्धा दर्ता ७ सय ८२, मुद्धा फछ्र्योट ५ सय १९ अर्थात ६६.३६ प्रतिशत, आर्थिक बर्ष २०७८\७९ मा मुद्धा दर्ता ९ सय ९३, मुद्धा फर्स्याेट ६ सय ४ अर्थात ६०.८२ प्रतिशत, आर्थिक बर्ष २०७९\८० मा मुद्दा दर्ता १ हजार ५२, मुद्धा फर्स्याेट ५ सय ३३ अर्थात ५०.६६ प्रतिशत रहेको छ । यस्तै आर्थिक बर्ष २०८०\८१ मा मुद्धा दर्ता १ हजार ४ सय ९९, मुद्धा फर्स्याेट १ हजार ८५ अर्थात ७२.३८ प्रतिशत र चालु आर्थिक बर्ष २०८१\८२ मा मुद्धा दर्ता १ हजार ४ सय ५७, मुद्धा फछ्र्योट १ हजार २ सय ४३ अर्थात ८५.३१ रहेको छ ।

उच्च अदालत तुलसीपुरको क्षेत्राधिकारमा दाङ, प्युठान, रोल्पा र रुकुमकोट जिल्लाहरू छन् । लुम्बिनी प्रदेशका बुटवल र नेपालगञ्ज उच्च अदालतका इजलास पनि यस अदालत मातहतमा रहेका छन् । चार जिल्लामध्ये सबैभन्दा बढी मुद्दा दाङ जिल्ला अदालतमा दर्ता हुने गरेको छ भने रुकुमकोट जिल्ला अदालतमा सबैभन्दा कम चाप रहेको बताइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?