
काठमाडौँ – धर्मेन्द्र बास्तोला निकट अखिल (क्रान्तिकारी)ले जनपक्षीय शिक्षा ऐन जारी गर्न सरकारमाथि व्यापक दबाब सिर्जना गर्ने उद्देश्यले आज काठमाडौँको डिल्लीबजार क्षेत्रमा विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री र शिक्षामन्त्रीको फोटो जलाउनुका साथै मसाल जुलुससमेत निकालेका छन्।
अखिल (क्रान्तिकारी)ले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउन आगामी साउन २ गते शैक्षिक हडतालको समेत घोषणा गरेको छ।
उनीहरूले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न र जनमुखी शिक्षा प्रणाली लागू गर्न सरकारले तत्काल पहल गर्नुपर्ने माग राखेका छन्।
प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूले वर्तमान शिक्षा नीति जनविरोधी रहेको र यसले आम विद्यार्थीको हितमा काम गर्न नसकेको आरोप लगाएका छन्।
उनीहरूले जनपक्षीय शिक्षा ऐन जारी नभएसम्म आन्दोलनका कार्यक्रमहरू जारी राख्ने चेतावनी दिएका छन्।
तस्बिरहरूः