मुगुबाट २६ केजी यार्सागुम्बा निकासी

मुगुबाट २६ केजी यार्सागुम्बा निकासी
+
-

हुम्ला- मुगुको माथिल्लो क्षेत्रबाट २६ किलो दुई सय ग्राम यार्सागुम्बा निकासी भएको छ । डिभिजन वन कार्यालय मुगुका अनुसार असार मसान्तसम्ममा उक्त परिमाणको यार्सागुम्बा संकलन तथा निकासी भएको हो ।

उक्त परिमाणको यार्सागुम्बा निकासीबाट आठ लाख १२ हजार दुई सय ६८ रुपियाँ राजस्व संकलन भएको छ ।

जिल्लाबाट यार्सा निकासीका लागि प्रतिकिलो ३१ हजार दस्तुर लिने गरिएको छ । जिल्लाको माथिल्लो मुगु कार्मारोङ गाउँपालिकाको सानोकोइकी, ठुलोकोइकी, रिमार, टाँके, हाङदाङ खोला लगायत सात स्थानबाट यार्सा संकलन हुने गरेको छ ।

स्थानीय यार्सागुम्बा व्यापारी कार्माटोर्ची लामाका अनुसार यहाँका धेरै पाटनमा यार्सागुम्बा पाउने भए पनि मुगुगाउँको वन क्षेत्रमा पर्ने ठुलोकोइकी पाटनबाट संकलन गरिन्छ ।

मुगु मकार्मारोङ गाउँ पालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार जेठ १५ गतेदेखि यार्चागुम्बा सङ्कलनका लागि करिब पाच हजार जनाले यार्सागुम्बा संकलनको अनुमति लिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

अनुमतिपत्र बिना बहुमूल्य जडीबुटी संकलन गर्न पाइँदैन । जसले गर्दा अनुमति लिएपछि मात्रै पाटनतर्फ जान दिइने गरिएको लामाले बताए ।

मुगुमकार्मारोङ गाउँ पालिकाको व्यवस्थापन समितिले यार्सागुम्बा संकलनका लागि अनुमति दिएपछि मात्रै पाटन जान पाउने प्राब्धान छ । सोहीअनुरुप यार्सागुम्बा संकलनका निम्ति सिरानी चौडमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई संकलन अनुमति दिइन्छ ।

जिल्लाको माथिल्लो मुगुमा यार्सागुम्बा संकलनका लागि जेठ १५ देखि असार मसान्तसम्म यार्सागुम्बा संकलन गरिन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?