डाइकन एसीको आधिकारिक विक्रेता विराटनगरको एरियल नेपाल

डाइकन एसीको आधिकारिक विक्रेता विराटनगरको एरियल नेपाल
+
-

मोरङ – एरियल नेपाल प्रालिले जापानमा निर्माण हुँदै आएको डाइकन एसीको आधिकारिक विक्रेताको जिम्मेवारी पाएको छ। एरियल नेपालको विराटनगरमा रहेको अरुण इलेक्ट्रोनिक्सले यसको आधिकारिक बिक्री वितरण सुरु गरेको हो।

एरियल नेपालका सञ्चालक प्रनव तोदीका अनुसार जापानमा निर्माण हुने विश्वकै पुरानो एसी कम्पनीको बिक्री वितरण यसअघि अनधिकृत रुपमा हुँदै आएको थियो। यद्यपि, हाल एरियल नेपालले यसको बिक्री वितरणका लागि आधिकारिक जिम्मेवारी पाएको उनले बताए।

आधिकारिक बिक्री वितरणको जिम्मेवारी पाएसंगै एरियल नेपालले मुलुकका विभिन्न स्थानमा डिलरसीप राख्न चाहनेहरूलाई समेत आह्वान गरेको छ।
सय वर्ष पुरानो जापानिज कम्पनीले निमार्ण गरेको यस एसीमा नियो स्विङ कम्प्रेसर जडान भएको तोदीले जानकारी दिए। जसले विद्युत खपत समेत कम गराउने उनले बताए।

सञ्चालक तोदीका अनुसार अन्य एसीले २ हजार युनिट खपत गर्ने गरेको भए पनि डाइकनले ७ सय युनिटभन्दा बढी विद्युत् खपत नगर्ने दाबी गरे। हेप्टा सेन्सर रहेको एसीमा वाइफाइ ट्रिपल डिस्प्ले, गति पत्ता लगाउने, पानीको थोपा सफा गर्ने प्रविधि, भिआरएफ सिस्टम लगायत सुविधा रहेको छ। त्यसैगरी एरियल नेपालले अन्य विद्युतीय सामग्रीसमेत बिक्री गर्दै आएको छ। यसले एसीमा लाग्ने विभिन्न पाटर्सपूर्जादेखि फ्रिज,टिभी, वासिङमेशिन, आइरन, राइसकुकरलगायत सामान बिक्री गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?