संस्थाको जग्गा अध्यक्षको श्रीमतीको नाममा पास, बैंकबाट डेढ करोड लोन निकालेर झ्वाम

संस्थाको जग्गा अध्यक्षको श्रीमतीको नाममा पास, बैंकबाट डेढ करोड लोन निकालेर झ्वाम
+
-

नेपालगन्ज – बादी समुदायको शिक्षामा ठूलो भूमिका खेलिरहेको शिक्षाका लागि सामाजिक जागरण (सेफ) नेपालमा ठूलो घोटाला भएको छ।
संस्थापक अध्यक्ष सुकलाल नेपालीले संस्थाको करोडौको जग्गा आफ्नी श्रीमती रिना बादीको नाममा पास गराएर सम्पति हिनामिना गरेका हुन्। साविकको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ मा चार कठ्ठा जमिन (घरसमेत) श्रीमती रिनालाई २७ लाखमा बेचेको कागज बनाएर सुकलालले उक्त जग्गा बैंकमा राखेका छन्।

सुकलालले वि.सं. २०७५ सालमै संस्थाको जग्गा श्रीमतीको नाममा पास गरेर एनआइसी एसियाबाट एक करोड ५० लाख रुपैया लोन लिएको खुलेको छ। २०८१ असार १३ गते भएको भेलाले युवालाई अगाडि सार्ने भन्दै अभिशेष नेपालीलाई अध्यक्ष बनाएपछि र सम्पतिको खोजबिन गर्दा घोटालाको घटना बाहिर आएको हो। सेफ नेपालको वर्तमान कार्यसमिति एक वर्षदेखि ‘सेफ नेपालको सम्पति तथा अस्तित्व बचाऊ अभियान’मा लागिरहेको छ। अध्यक्ष अभिशेषका अनुसार, संस्थाको सम्पति फिर्ताका लागि सुकलाल र उनकी श्रीमतीविरुद्ध अदालतमा मुद्दा चलिरहेको छ।

बैंकले सम्पति लिलामका लागि ३५ दिने र ७ दिने सूचना निकालिसकेको छ। बैंकले लोन दिंदा जग्गा बिक्री वितरण रोक्ने गर्दछ। यता अहिलेका कार्यसमितिले पनि उक्त जग्गा बिक्री वितरण गर्न रोक्का गरेको छ।

संस्थापक अध्यक्ष सुकलालले माइन्यूटमा आफैले आफूलाई अख्तियारी दिएर श्रीमतीको नाममा जग्गा बेचेको देखिन्छ। संस्थाको जग्गा व्यक्तिलाई बिक्री गर्दा सम्बन्धित कार्यालयका कर्मचारीलाई पनि मिलाएको वर्तमान कार्यसमितिको आरोप रहेको छ।

‘कम्तीमा चार करोडको सम्पति छ। फिर्ताका लागि हामी मुद्दा लडिरहेका छौं। ढिलोचाडो उक्त जग्गा संस्थाको नाममा आउँछ, अध्यक्ष अभिशेषले भने, हाम्रो मुद्दा नटुंगिदै बैंकले लिलाम ग¥यो भने किन्ने मान्छेसँग पनि मुद्दा लड्नु पर्ने हुन्छ।’

२०८१ असार १३ गते संस्थाका वर्तमान अध्यक्ष अभिशेष नेपाली र रिना बादीका बीचमा साउन १५ गतेसम्ममा जग्गा फिर्ता गरिदिने सहमति भएको थियो। जिल्ला प्रशासन कार्यालयमा भएको सहमति पनि पालना भएन। त्यसपछि संस्थापक अध्यक्ष सुकलाल र श्रीमती रिना फरार भएका छन्। २०८२ जेठ ४ गते बाँके जिल्ला अदालतले सुकलाल नेपालीलाई पक्राउ पूर्जी जारी गरेको छ। सात दिनमा पक्राउ नपरे ३५ दिने पक्राउ पुर्जीसमेत गरी तदारुकतासाथ खोजतलास गर्दै निजलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ।

वि.सं. २०४९ सालमा स्थापना भएको सेफ नेपाल कुनै बेला धेरै कार्यक्रम चलाउने संस्थामा गनिन्थ्यो। बादी समुदायलाई लैंगिक र जातीय हिंसा अन्त्य गर्नु, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास आदि सेवा सुविधामा पहुँच सुनिश्चित गर्नु संस्थाको उद्देश्य रहेको छ। संस्थापक अध्यक्षले नै बदमासी गरिदिएपछि अहिलेका संस्थाका पदाधिकारी कार्यक्रम गर्नु भन्दा पनि संस्थाको सम्पति जोगाउन दौडधुप गरिरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?