
काठमाडौँ – पशुपति क्षेत्रमा सुरु भएको ‘पशुपति मनकामना पूर्ति तथा संकटमोचन विराट ज्ञान महायज्ञ २०८२’ मा रुद्राक्षको प्रयोग गरेर ५१ फिट अग्लो शिवलिंग बनाइएको छ।
आयोजकका अनुसार ६ हजार किलो रुद्राक्ष प्रयोग गरेर विशाल शिवलिंग स्थापना गरिएको हो।
शिवलिंग निर्माणमा हजारौँको संख्यामा रुद्राक्षका दाना प्रयोग गरिएको आयोजकले जनाएका छन्। महायज्ञ आजबाट सुरु भएको हो।