
दाङ- लमहीमा आफ्नै गाडीले किचेर एक युवकको ज्यान गएको छ । लमही नगरपालिका- ५ सुनखोली निवासी २१ वर्षीय राजेश कुमार बानियाँको आइतबार बिहान गाडीको च्यापेर मृत्यु भएको हो ।
बानियाँलाई आफ्नै घरअगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीले किचेको प्रहरीले जनाएको छ । बिहान करिब ६ बजेतिर गाडीको टायरमा राखिएको ओट हटाउने क्रममा गाडी ब्याक हुँदै आफैं गुड्न थालेको थियो ।
गाडिको पछाडि रहेका उनको च्यापिएर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
गाडीले किच्दा गम्भीर घाइते भएका उनलाई तत्काल लमही अस्पताल पुर्याइएको थियो। तर, उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
हाल मृतकको शव लमही अस्पतालको शव गृहमा राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।