केपी ओली र विद्या भण्डारी एक्लाएक्लै भेटेर पार्टी कार्यालयबाट बाहिरिए

केपी ओली र विद्या भण्डारी एक्लाएक्लै भेटेर पार्टी कार्यालयबाट बाहिरिए
+
-

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ‌ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा करिब २ घन्टा एक्लाएक्लै भेट भएको छ।

एक्लाएक्लै भएको भेटमा के विषयमा कुराकानी भयो भन्नेबारे स्पष्ट भइनसके पनि दुई नेताहरुबीच बडी ल्याङ्वेज सकारात्मक रहेको एमाले स्थायी समिति सदस्य कर्ण थापाले जानकारी दिएका छन्।

अपराह्न तीन बजे दुई नेताहरूबीच एमाले पार्टी कार्यालयमा भेट हुने तय भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली पूर्वराष्ट्रपति भण्डारीभन्दा आधा घन्टा ढिला च्यासल पुगेका थिए।

भेटको सुरुमै नेताद्वय एकापसमा मुस्काएका थिए भने उनीहरूको बडी ल्याङ्वेज सकारात्मक देखिएको छ।

भेटअघि उनीहरूले मिडियाका लागि तस्बिर खिचाएका थिए भने तस्बिर खिचाउँदा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, स्थायी समिति सदस्य कर्ण थापा पनि सामेल भएका थिए। तस्बिर खिच्ने काम सकिएपछि ओली र भण्डारीबीच एक्लाएक्लै कुराकानी भएको थियो।

कुराकानीपछि ओली गाडी चढेर पार्टी कार्यालयबाट बाहिरिएका थिए भने पूर्वराष्ट्रपति भण्डारी केहीबेर मिडियासँग कुराकानी गर्न पर्खिएकी थिइन्। यद्यपि प्रहरी र सञ्चारकर्मीहरूबीच समन्वय हुन नसक्दा असहज अवस्था सिर्जना भएपछि भण्डारी पनि बाहिरिएकी थिइन्।

भण्डारीसँग निकट रहेका एमाले स्थायी समिति सदस्य थापाले दुई नेताहरूबीच सौहाद्रपूर्ण वातावरणमा करिब २ घन्टा कुराकानी भएको जानकारी मिडियामा दिएका छन्।

एमाले सचिवालय बैठक, स्थायी समिति बैठक र पोलिट्ब्यूरो बैठकमा विद्या भण्डारीलाई पार्टीमा आउनबाट रोक्ने तथा उनको पार्टी सदस्यता नवीकरण नगर्ने भन्दै अध्यक्ष ओली स्वयं लागेपछि पूर्वराष्ट्रपति भण्डारी उनलाई भेट्न पार्टी कार्यालय पुगेकी हुन्।

थप तस्बिरहरू:

तस्बिरहरू: बर्षा शाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?